
काठमाडौँ, साउन २५ :
बिहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज छापावाल सुन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।
हिजो छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।