
काठमाडौँ, साउन ३० :
मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्री दर भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।