काठमाडौँ, साउन ३० :

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेश हुँदै छ ।

आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

शान्ति प्रकृयाको महत्वपूर्ण काम मध्ये सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि कार्य थियो ।

केहीदिन अघि मात्र प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति भएपछि टीआरसी विधेयक अघि बढेको हो । 

पीडितलाई केन्द्रमा राखेर कानून बनाइने गरी विधेयक अघि बढेको दलका नेताहरुको भनाइ छ  । यद्यपी माओवादी द्वन्द्वका कारण ज्यान गुमाएका र अंग भंग भएका तथा बेपत्ता पारिएकाहरुका आफन्तहरुले भने न्याय पाउने कुरामा अझै आशंका गरेका छन ।