बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
प्रदेश बागमती प्रदेश अर्थतन्त्र

पछिल्लो छ महिना बागमतीमा तीन अर्ब १९ करोड बढि राजस्व सङ्कलन

· सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
पछिल्लो छ महिना बागमतीमा तीन अर्ब १९ करोड बढि राजस्व सङ्कलन
बागमती, माघ ८ :

आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१- ८२ को छ महिनाको अवधिमा तीन अर्ब १९ करोड छ लाख राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत सङ्कलन भएको हो । 

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१- ८२ को छ महिनाको अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । 

यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ एक अर्ब ८३ करोड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको छ ।
    
यो अघिल्लो आर्थिक वर्ष २०८०- ८१ को तुलनामा रु २८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०- ८१ को सो अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो । 

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१- ८२ मा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार