
काठमाडौं, माघ २२ :
प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर : टेक वन’ को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्द किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् ।
गीतको संगीत रोहित शाक्यले तयार पारेका छन् । किरण थापाले कोरियोग्राफी गरेका छन् । छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन् ।
गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको संघर्षपछि प्राप्त सफलतालाई दर्शाइएको छ । जसमा अभिनेता प्रदीप खड्काको सफलता देखाइएको छ ।
यस चलचित्रमा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सिर्जना अधिकारी, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।