आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार खेलकुद क्रिकेट

‘तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकुद महत्त्वपूर्ण छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
‘तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकुद महत्त्वपूर्ण छ’
काठमाडौं, फागुन ५ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसनको आयोजनामा आइतबार सुरु भएको टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले युवाहरूलाई समनजसँग एकाकार हुन खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताए ।

‘खेलकुदले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै । तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । अनुशासनको विकासकका लागि पनि खेलकुदको धेरै महत्त्व छ,’ उनले भने । आफ्नो बेलामा करातेको क्रेज रहेको भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटको क्रेज रहेको पनि उनले बताए ।

खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेको भन्दै उनले टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार