बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
कर्पोरेट

‘रिभ्याम्प नेपाल’ को स्टार्टअप प्रदर्शनी शनिबारदेखि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
‘रिभ्याम्प नेपाल’ को स्टार्टअप प्रदर्शनी शनिबारदेखि
काठमाडौँ, फागुन ८ :

नेपालका साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपहरूलाई प्रवर्द्धन गर्दै आएको ‘रिभ्याम्प नेपाल’ को छैटौँ संस्करण यही फागुन १० गते हुने भएको छ । 

आयोजकका अनुसार यस संस्करणलाई नेपालकै सबैभन्दा ठूलो स्टार्टअप तथा व्यापार प्रदर्शनी बनाउने तयारी भइरहेको छ ।

रिभ्याम्प नेपाल २०२५, फाल्गुन १० (फेब्रुअरी २२) शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । यस पटक पहिलो पटक सातै प्रदेशमा प्रदेश संस्करणहरू समेत सञ्चालन गरिनेछ, जसले नेपालभरका व्यवसायी तथा स्टार्टअपहरूलाई सहयोग हुने विश्वास गरिएको छ ।

‘रिभ्याम्प नेपाल ’ले नेटवर्किङ, लगानी, र फ्रेन्चाइजिङ अवसरहरू प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । यस वर्षको संस्करणमा एक सय ५० भन्दा बढी स्टार्टअपहरू सहभागी हुने अपेक्षा गरिएको छ भने १० हजार भन्दा बढी दर्शकहरू उपस्थित हुने अनुमान गरिएको छ ।

सन् २०२१ मा सुरु भएको रिभ्याम्प नेपालले नेपालका स्टार्टअप तथा एसएमईका लागि बजार पहुँच, व्यवसाय वृद्धिका अवसर तथा नयाँ लगानीकर्तासँगको सम्पर्क जोड्ने पुलको काम गर्दै आएको छ। पछिल्ला पाँच सफल संस्करणपछि, यस पटकको इभेन्टलाई अझ भव्य बनाउने लक्ष्य राखिएको छ ।

आयोजकका अनुसार यो इभेन्ट नेपालका उद्यमी, लगानीकर्ता, र व्यवसाय उत्साहीहरूका लागि नयाँ सम्भावनाहरू अन्वेषण गर्ने तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ । नेपालका स्टार्टअप र एसएमई लाई नयाँ उचाइमा पुर्याउने यस महत्वपूर्ण इभेन्टमा सहभागी हुन आयोजकले आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार