
नेपालमा विद्यालय यातायात सुरक्षित, दिगो र भरपर्दो हुन आवश्यक छ । बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै, दिगो डाँफे विद्युतीय स्कुल भ्यान विद्यालयहरूका लागि सबैभन्दा उपयुक्त समाधान बनेको छ ।
५ वर्षभन्दा लामो समयदेखि नेपाली सडकमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो भ्यानले ४ लाख किलोमिटरभन्दा बढी यात्रा पूरा गरिसकेको छ । दिगो डाँफे पूर्ण रूपमा मेटल बडीबाट निर्मित भएकाले बलियो र टिकाउ छ । यसमा रहेको एबीएस र ईबीडीसहितको उन्नत ब्रेकिङ प्रणालीले आकस्मिक परिस्थितिमा सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ ।
नेपालका विविध भूगोललाई ध्यानमा राख्दै यसको १८८ मिमि ग्राउन्ड क्लिरेन्स राखिएको छ । जसले कच्ची र असमान सडकहरूमा सहज यात्राको अनुभव दिन्छ । साथै, ६० किलोवाटको शक्तिशाली मोटरको साथमा, यो भ्यान स्कुल यातायातको लागि एकदमै भरपर्दो साबित भएको छ ।
धेरै विद्यालयहरू ठूला बसहरू प्रयोग गर्नुपर्ने भएकाले विद्यार्थीहरूलाई टाढाको पिकअप प्वाइन्टसम्म जान बाध्य पारिन्छ, जसले साना बच्चाहरूका लागि असुविधा र जोखिम बढाउँछ । दिगो डाँफे ११ सिट क्षमतासहितको मध्यम आकारका कारण साँघुरा गल्ली र आवासीय क्षेत्रमा सजिलै पुग्न सक्छ, जसले गर्दा विद्यालयले विद्यार्थीहरूलाई सिधै घरबाटै ल्याउन र पुर्याउन सक्छन् ।
एकपटकको चार्जमा दिगो डाँफेले ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ । जसले बारम्बार चार्ज गर्ने झन्झट हटाएर विद्यालयहरूलाई लामो दूरीको यात्रा सहज बनाउँछ । यसमा रहेको क्याटेल निर्मित लिथियम आयन फस्फेट ब्याट्रीले उच्च कार्यक्षमता र टिकाउपन प्रदान गर्छ। कम्पनीले तीन लाख किलोमिटर वा पाँच वर्षको वारेन्टी दिएकाले विद्यालयहरू ढुक्क भएर लामो समयसम्म यो भ्यान प्रयोग गर्न सक्छन् ।
विद्यालय तथा यातायात व्यवसायीहरूलाई सहज पहुँच उपलब्ध गराउने उद्देश्यले दिगो डाँफे अब ८० प्रतिशतसम्मको फाइनान्स सुविधासहित उपलब्ध छ । न्यून अग्रिम भुक्तानीमा प्राप्त गर्न सकिने यो भ्यान विद्यालयका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प बनेको छ। साथै, पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । जसले नयाँ विद्युतीय प्रविधि अपनाउन विद्यालयहरूलाई थप सहज बनाउँछ ।
डिजेल र पेट्रोलमा निर्भरता घटाउँदै विद्युतीय स्कुल भ्यानको प्रयोगले विद्यालयलाई केवल आर्थिक रूपमा मात्र होइन, वातावरणीय रूपमा पनि फाइदा पुर्याउँछ ।