सुदूरपश्चिम, साउन २२ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सपथ ग्रहण  गर्नुहुने भएको छ । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले आज सपथ लिन लाग्नुभएको हो । ।

दिउँसो साढे ३ बजे हुने सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ । 

प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । 

शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।